लमजुङको बुलबुले केन्द्रविन्दु भएर गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडाैँ । लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुले केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

लमजुङ सदरमुकार बेंसीसहरलगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । पछिल्लो समय पश्चिम नेपालसहितका जिल्लामा भूकम्प गइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री