लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, एमाले, कांग्रेस र नागरिक उन्मुक्ति प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रियसभामा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय निर्धारण गरेको छ । उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारूढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार हुनहुन्छ ।

एमालेका उम्मेदवार दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ । तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री