कामना सेवा विकास बैंक कनेक्ट आईपीएसमा आवद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएसमा आवद्द बैंक तथा वित्तीय संस्थाको संख्या ३० पुगेको छ  । कामना विकास बैंक यसको ३० औ सदस्य बनेको हो ।

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले  connectips.com  मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्नेछन् ।

यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुने अपेक्षा बैंकको छ ।

हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ र छिटै नेपाल सरकारको अन्य कर/गैर कर भुक्तानी समेत गर्न सकिने गरि काम भैरहेको जानकारी कम्पनीले गराएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

“बिगेस्ट १०शैँ”मा यामाहाका ग्राहकले जिते लाखौँको नगद उपहार, १० लाख जित्ने मौका अझै बाँकी

काठमाडौँ । यसपालिको दसैँ, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी यामाहा नेपालले ल्याएको नयाँ ग्राहक …

प्रतिकृया दिनुहॊस

This will auto close after