आत्मदाहले पनि ध्यान तान्न छोडेको हो कि भन्ने देखियो : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकारले जनतालाई सेवा दिन कन्जुस्याई गरेको बताएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका सांसद गुरुङले नेताको आचरणकै कारण मुलुक बन्न नसकेको भन्दै नेता नै सच्चिनु पर्ने बताएका छन् ।

नेताको व्यवहार नसच्चिएसम्म नेपालमा भ्रष्टाचार नरोकिने बताए । उनले सरकारले जनतालाई सेवा दिन सरकारी निकाय गम्भीर नभएको भन्दै उनले सरकारी सुविधा पनि नेताका लागि मात्रै भएको बताए ।

उनले भने, ‘गरिब जनताको स्वास्थ्य उपचार तथा अरु कुनै कामका लागि आर्थिक सहयोग दिनुपर्‍यो भने सरकारले पालिकाको सिफारिस ल्याउ भन्छ । सिफारिस ल्याए पनि निकासा हुँदैन । तर नेताका लागि कुनै सिफारिस चाहिँदैन सजिलै पाउँछ । यो अवस्था किन ? यसलाई सुधार गर्नुपर्छ ।’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एउटा नागरिकले जिउँदै शरीरमा आगो लगाएर आत्मदाह गर्दा पनि सरकारको ध्यान तान्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले नागरिकले आत्मदाहले नछोएको सरकारका मन्त्रीहरू नयाँ गाडी किन्न निवेदन लिएर हिँडिरहेका बताए ।

‘जता हेर्‍यो, त्यतै समस्या मात्रै छ । नागरिक समस्याले जकडिएर आत्महत्या गर्न बाध्य छ । आत्महत्या त दिनहुँ भइरहेका छन् । तर आत्मदाह नै गरेपछि मात्रै हाम्रो नजर पर्न थालेको छ,’ उनले भने, ‘अहिले त आत्मदाहले पनि हाम्रो ध्यान तान्न छोडिसकेको हो कि भन्ने देखिएको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री