काठमाडाैं । नेपाल टेलिकमले काठमाडौंको विभिन्न स्थानबाट फाइबजी परीक्षण सुरु गर्ने भएको छ । नेपाल टेलिकमको वार्षिक उत्सवको अवसरमा कम्पनीले काठमाडौंको बबरमहल, सुन्धारा क्षेत्रबाट नेपालमा पहिलो पटक पाँचौँ पुस्ताको इन्टरनेटको परीक्षण गर्ने भएकाे हाे ।
टेलिकमले २०२३ बाट फाइभजी परीक्षण गर्ने भने पनि गर्नसकेको थिएन । सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा फाइभजी परीक्षण उद्घाटन हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । ‘हामीले तत्कालको लागि काठमाडौंको बबरमहल र सुन्धारामा इक्विपमेन्ट जडान गरेका छौँ, परीक्षणको लागि उपकरण तयारी अवस्थामा छन्’, अधिकारीले भने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षण अनुमति दिएको झण्डै दुई वर्षपछि फाइभजीको ट्रायल हुँदै छ । टेलिकमलाई फाइभजी परीक्षणको लागि दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी दिएकाे छ ।
टेलिकम काठमाडौंमा फाइभजीको औपचारिक परीक्षणपछि टेलिकमले सातै प्रदेशका मुख्य सहरहरुमा परीक्षण गर्ने तयारी गरेको छ ।




