राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछोड्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकले छलफललाई नै अगाडी बढाउने निर्णय निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

त्यस्तै रास्वपाले पार्टीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको ढकालले जानकारी दिए । उच्च राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय भएको समेत प्रवक्ता ढकालले जानकारी दिए ।

नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस