सन्दीपविरुद्ध परेको निवेदनमा आज सर्वोच्चमा सुनवाइ

काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो ।

उच्च अदालतको आदेश पछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा पठाउने आदेशलाई उच्च अदालत पाटनले उल्ट्याइदिएसँगै सन्दीप रिहा भएका हुन् ।

लामिछानेले स्नापच्याटबाट सम्पर्कमा आएकी १७ वर्षीया नाबालिगलाई गत भदौ ५ मा नगरकोट घुमाई राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छविलाल जोशीलाई रुपन्देही पठाइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा …

प्रतिकृया दिनुहॊस