मेयर बालेनले भेटे प्रधानमन्त्रीलाई, मागे सुकुम्बासी हटाउन सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)शाह बालुवाटार पुगेका छन् । उनी बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका हुन् ।

काठमाडौँ महानगरभित्रका सुकुम्वासी बस्ती हटाउन सरकारको साथ माग्न मेयर शाह प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ । यसअघि उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग पनि सरकारको साथ मागेका थिए ।

सुकुम्वासी बस्ती हटाउन तम्सिएका मेयर शाहविरुद्ध प्रदर्शन हुँदै आएको छ । अव्यवस्थित बसोवासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल आन्दोलित भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after