हरिवंशद्वारा विद्युतीय कार खरिद

काठमाडौं । कलाकार हरिवंश आचार्यले विद्युतीय एसयुभी ‘बिवाइडी एटो-३’ खरिद गर्नुभएको छ । उहाँ बिवाइडी एटो-३ को ब्राण्ड एम्बासडरसमेत हुनुहुन्छ ।

गाडी डेलिभरी लिएपछि उहाँले फेसबुकमा ‘आजबाट म पनि देशमै उत्पादित विद्युत्बाट चल्ने बिवाइडीको बिजुली गाडीमा’ भन्ने स्टाटस लेखेर पोस्ट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘बिवाइडी एटो-३ मेरो कारका रूपमा पाउँदा अत्यन्तै खुसी छु, मलाई विश्वास छ, यो कारले मलाई उत्कृष्ट ड्राइभिङ अनुभवमात्र दिनेछैन, पर्यावरण जोगाउन पनि उत्तिकै महत्वपूर्ण योगदान दिनेछ ।’ हरिवंशजस्तो चर्चित कलाकार तथा समाजसेवीलाई बिवाइडी एटो-३ हस्तान्तरण गर्न पाउँदा अत्यन्तै हर्षित भएको बिवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताउनुभएको छ ।

कारमा ६०.५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने फुल ब्याट्री चार्जमा गाडीले चार सय २० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । एटो-३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ भने गाडी डिजिटल इन्ट्रुमेन्ट कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक पावर सिट, सातवटा एयरब्यागजस्ता फिचरले सुसज्जित रहेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री