प्रदेश १ को न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

काठमाडाैं । प्रदेश १ को मुख्य महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् । झापा कमल गाउँपालिका स्थायी घर भएका वरिष्ठ अधिवक्ता आचार्य मुख्य न्यायाधीवक्तामा नियुक्त भएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आचार्यलाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका हुन् । उनकाे साढे १ बजे शपथ गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि चुणामणी आचार्य, भोजराज श्रेष्ठ र परिवर्तन राई नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा १६० ले न्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधीवक्ता रहने र निजको नियुक्ति सम्बन्धित मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री