उपत्यकाका यी २२ ठाउँबाट नयाँ नोट साट्न पाइने

काठमाडाैं । उपत्यकाका २२ ठाउँबाट दसैँका लागि आवश्यक नयाँ नोट साट्न पाइने भएको छ । सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट सटही गर्न पाइनेछ ।

नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुने भएको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, बिशालबजार, नक्साल, कलंकी तथा बालाजु शाखाबाट सटही हुनेछ ।

कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु तथा मंगलबजार शाखाबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । एक व्यक्तिले ५, १०, २० र ५० का दुई बण्डल तथा १ सयको १ बण्डल गरी २७ हजार रुपैयाँसम्म सटही गर्न पाउने छन् । असोज २१ गतेदेखि २९ गतेसम्म बैंकिङ समयमा नोट वितरण हुनेछ। उपत्यकाबाहिर राष्ट्र बैंकका बिराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी शाखा कार्यालयबाट नोट सटही हुनेछ ।

बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने भएको छ । यस वर्ष करिब १३ अर्बको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ । गत वर्ष १२ अर्बको सटही भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस