बालेनविरुद्ध सुमन सायमी नेतृत्वमा प्रदर्शनको तयारी

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको हो ।

यो आन्दोलनका संयोजक हुन्, सुमन सायमी । सुमन सायमी बालेनविरुद्ध काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धी थिए । तर, पछि बालेन निर्वाचित भएपछि उनले बालेनलाई समर्थन गर्ने बताउँदै आएका थिए ।

सायमीले अब बालेनविरुद्ध प्रदर्शन गर्नुको कारण काठमाडौंवासी पछिल्लो समय त्रासमा बाँच्न थालेकाले भएको बताएका छन् । सायमीले बालेन स्वच्छेचारी बन्दै गएको र पछिल्लो समय डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको आरोपसमेत लगाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री