एडीबीको विश्लेषण, आर्थिक वृद्धिदर थप कमजोर हुन सक्ने

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले आर्थिक वृद्धिदर ५ दशमव ९ प्रतिशत हासिल गरेको जनाएको छ ।

 नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको यो तथ्यांक केन्द्रीय तथ्यांक विभागको भन्दा शून्य दशमलव ४ प्रतिशतले कम हो । विभागले गत वर्ष ६ दशमलव ३ प्रतिशतले आर्थिक वृद्धि हासिल भएको जनाएको थियो । गत वर्ष अर्थतन्त्रमा योगदान गर्ने कृषि, सेवा र औद्योगिक क्षेत्रको विस्तार कमजोर देखिएकाले वृद्धिदर घटेको एडीबीको दाबी छ ।

‘अघिल्लो वर्षमा कृषि क्षेत्रको उच्च योगदानसहित ७ दशमलव ४ प्रतिशतको वृद्धि रहेकोमा २०७४ साउन/भदौमा आएको बाढीका कारण कृषि क्षेत्रको वृद्धि घट्दा आर्थिक वृद्धि घटेको हो,’ एडीबीले भनेको छ । अघिल्लो वर्ष कृषि क्षेत्रको विस्तार ५ दशमलव २ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा २ दशमलव ८ प्रतिशतले मात्र वृद्धि भएको छ ।

एडीबीका अनुसार गत वर्ष कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि ८ दशमलव ८ प्रतिशत र सेवा क्षेत्रको विस्तार ६ दशमलव ६ प्रतिशत छ । भूकम्पपछिको पुनर्निर्माणमा आएको तीव्रता तथा प्रदेश तथा स्थानीय तहमा भएका अन्य निर्माणका गतिविधिको सहयोगमा निर्माण उपक्षेत्र विस्तार भएको एडीबीले उल्लेख गरेको छ ।

यो सँगै एडीबीले चालू आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धि गत आर्थिक वर्षको भन्दा पनि घटेर जम्मा ५ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस