छलफलमा शेखर-गगन पक्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको समूह छलफलमा जुटेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सो समूहको बैठक सुरु भएको छ ।

बैठकमा यही माघ १५ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका बारेमा छलफल गरिनेछ । त्यसमा आफ्नो समूह कसरी प्रस्तुत हुने भन्ने विषयमा विचारविमर्श गरिनेछ ।

छलफलमा सो समूहमा रहेका कांग्रेस केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिहरू सहभागी छन् । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गरिने डा. कोइरालाको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री