प्रदेश खाका कोर्दै कांग्रेस, कुन प्रदेशमा कस्तो कार्यसमिति ?

काठमाडाैं । मुलुक संघीय संरचनामा गएको झन्डै ३ वर्षपछि कांग्रेसले पार्टीभित्र संघीयताको अभ्यास थालेको छ । संविधान जारी गरेलगत्तै संघीय ढाँचाअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्ने योजना बने पनि कार्यान्वयन हुन सकेको थिएन ।

महामन्त्री पूर्णबहादुर खडका नेतृत्वको विधान संशोधन मस्यौदा समितिले हालै मस्यौदा ल्याएको छ। त्यसमाथि सातवटै प्रदेशमा छलफल चलिरहेको छ। कांग्रेसको प्रस्तावित प्रदेश संरचनामा न्यूनतम एक तिहाइ महिलासहित सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

प्रदेश समितिको आकार भने सातै प्रदेशमा फरक-फरक छ । सभापतिबाट मनोनीत हुने संख्या र प्रदेश अधिवेशनबाट निर्वाचित हुने महिला संख्या जनघनत्वका आधारमा तय गरिएको छ ।

सभापतिले मनोनीत गर्दा पनि समावेशी कोटाअनुसार गर्नुपर्ने व्यवस्था छ । यस्तै संरचना लागू गरिए प्रदेश समितिमा न्यूनतम ३३ प्रतिशत महिलासहित सबै वर्ग, समुदायको प्रतिनिधित्व भएको समावेशी कार्यसमिति हुनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस