संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्छु : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने वचन दिएका छन् ।

बिहीबार सभामुखमा निर्वाचित भएपछि संसदभवनबाट बाहिरिँदै उनले यस्तो बताए । उनले भने ‘निष्पक्ष र तटस्थ ढङ्गले संसद् चलाउँछु । सभाको प्रतिनिधित्व ठिक ढङ्गले अगाडि बढाउँछु, ।’

बिहीबारको संसद् बैठकबाट उनी १६७ मतसहित सभामुखमा निर्वाचित भएका छन् । घिमिरे झापा २ बाट निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री