विश्वमै असफल मोनोरेल नेपालमा किन?

काठमाडौं । काठमाडौं र ललितपुरपालिकाले मोनोरेल चलाउने बताइरहेका वेला पूर्वाधारविज्ञहरूले भने विभिन्न देशमा मोनोरेल असफल भइसकेको बताएका  छन् । क्वालालम्पुर, जकार्ता, मुम्बईलगायत ठूला शहरमा मोनोरेल चलाउँदा सरकारले ठूलो घाटा बेहोर्नुपरेको अनुभव रहेको उनीहरूको भनाइ छ ।

पूर्वाधारविज्ञ सूर्यराज आचार्यले अन्तर्राष्ट्रिय जगतको अभ्यासको अध्ययन, पर्याप्त सूचना र सुझबुझविनै मोनोरेल चलाउन खोजिएको बताए । रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्यले विनागृहकार्य मोनोरेल सञ्चालनका लागि साना र साँघुरा सडक नछानी चक्रपथजस्तो फराकिलो बाटो छान्नु गलत भएको बताए ।

अर्थिक अभियान दैनिक लेख्छ, केही दिनअघि चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) ले तीन महिना लगाएर उपत्यकामा मोनोरेल सञ्चालनसम्बन्धी पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको थियो ।

प्रतिवदनअनुसार चक्रपथमा मोनोरेल चलाउन सम्भव देखिएको थियो । २७.२ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालन गर्न एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस