काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सोमबार सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेसँगै आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्। शपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लागेका हुन् ।
तपाईंको प्रतिकृया



