‘मन्दिरमा बलि चढाउन’ भन्दै मामाले गरे आठ वर्षीय भाञ्जाको हत्या

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैं । सल्यानमा एक व्यक्तिले मन्दिरमा बलि चढाउन भन्दै आफ्नै भाञ्जाको हत्या गरेका छन् । आइतबार दिउँसो २ बजे बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले स्थानीय ८ वर्षीय भिजन घर्तीको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम् प्रहरी निरीक्षक गोपाल श्रेष्ठले घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पाले बालकको घाँटी रेटेको स्थानीयले बताएको जानकारी दिए ।

उनले स्थानीयहरुलाई बुझ्दा पुरीको मासिक सन्तुलन ठीक नभएको जानकारी पाएको बताएका छन् । प्रहरीसँगको प्रारम्भिक बयानमा देवीदेवताले मागेको भन्दै बलि दिएको उनले बताएका छन् । प्रवक्ता श्रेष्ठले थपे, ‘अहिले नै घटनाकाबारेमा केही भन्न सकिने अवस्था छैन, स्थानीयले भनेअनुसार उ मानसिक रोगी हो या होइन त्यो मेडिकल रिपोर्टपछि मात्रै थाहा हुन्छ, आज बिदा परेकाले भोलि म्याद थप गरेर निज माथि थप अनुसन्धान पक्रिया सुरु हुन्छ ।’

घटना घटेलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो । पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री