दुर्घटनाको शोकमा यती एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले सोमबार हुने तय भएका सबै उडान रद्द गरेको छ । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको हो ।

आइतबार पोखरामा विमान दुर्घटनामा परेपछि एयरलाइन्सले आइतबार साँझ एक सूचना जारी गर्दै भोलिका लागि तय भएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।

तर, आपतकालीन र उद्धारका उडान भने जारी नै रहने एयरलाइन्सले जनाएको छ । आइतबार बिहान चालक दलका सदस्यसहित ७२ जना सवार विमान दुर्घटनामा परेको थियो । अहिलेसम्म ६९ जनाको शव भेटिएको छ ।

su

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री