यतीको विमान दुर्घटना : सेती खोंचबाट निकालियो ६२ जनाकाे शव

काठमाडौं । काठमाडौंबाट पोखरा जाने क्रममा सेती खोंचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजबाट ६२ जनाको शव निकालिएको छ ।

कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ उक्त जहाज दुर्घटनामा परेको क्षेत्रबाट ६२ वटा शव सेती नदीको खोंचबाट निकालिएको नेपाली सेनाका प्रवक्ता, सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार २९ जनाको शव पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा पुर्‍याइएको छ ।

त्यसैगरी अन्य ३३ जनाको सेती खोंचमाथि निकालेर अस्पताल पठाउने तयारी भएको छ । उनका अनुसार जहाज खसेर सेती किनारको अफ्ठ्यारो खोंचमै पुगेकाले उद्धारमा कठिनाइ भएको छ । चार जना चालक दलका सदस्य र ६८ यात्रुसहित ७२ जना सवार विमान दुर्घटना भएको थियो । जसमा विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु सवार थिए ।

बिहान १०ः३० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोँचमा दुर्घटनामा परेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री