चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना

काठमाडाैं । यात्रुहरूको सुविधालाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

कलंकी, स्वयम्भु, नयाँबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानोबसपार्क र नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नजिकिँदै गरेको चाडबाडलाई मध्यनजर गरी स्थापना गरिएको सहायता कक्षमा अपराध एवम् दुर्व्यहार तथा ट्राफिक सम्बन्धी गुनासो राख्न सकिने छ ।

सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधी, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु रहने छन्  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री