युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठ समेत उपस्थित रहेको थियो । मर्जर पश्चात युनाइटेड र अजोडबीच स्वाप रेसियो १००: ९० हुने प्रारम्भिक सहमति भएको छ । यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

गत असारको ३२ गते प्रभु इन्स्योरेन् र अजोड इन्स्योरेन्सका बीचमा एक आपसमा मर्जर जाने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रभु र अजोड इन्स्योरेन्स बीच स्वाप रेसियो, नाम र संचालकको बिषयमा सहमती हुन नसक्दा मर्जर तोडिएको थियो ।

प्रभु र अजोड इन्स्योरेन्सलाई मर्जर प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिए पश्चात अजोडको युनाइटेडसँग मर्जर सम्झौता गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री