प्रचण्डले पाए २६८ सांसदको विश्वासको मत, विपक्षमा उभिए २ सांसद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले प्रधानमन्त्री प्रचण्डले संबिधानको धारा ७६ को ४ बमोजिम मागेको विश्वासको मत दिएको हो ।

प्रधानमन्त्री प्रचण्डको सरकारले मागेको विश्वासको मतको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत परेको थियो । प्रचण्डलाई संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए भने तीन स्वतन्त्र सांसदहरुले पनि विश्वासको मत दिएका थिए ।

मतदानमा २७० सांसदले भाग लिएका थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भने विश्वासको मतको विपक्षमा मत हालेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप