विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले भने- कांग्रेससँग कुनै विशेष सहमति भएको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले संसद्बाट अपार विश्वास पाएको बताएका छन् । विश्वासको मत पाएपछि संसदबाट निस्कन बेला सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आफूले विश्वासको मतलाई तलमाथि हुन नदिने बताएका हुन् ।

‘निकै गौरव महसुस भएको छ । जिम्मेवारी थप भएको छ । प्रतिबद्धता अनुसार काम गर्छु,’ उनले भने । उनले कांग्रेससँग कुनै विशेष सहमति नभएको पनि बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई २६८ जना सांसदले विश्वासको मत दिएका छन् । आजको बैठकमा २७० सांसद उपस्थित थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री