विश्वासको राजनीतिलाई अघि बढाउन मत दिनुस् : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्रीको रुपमा सहमति सहकार्य र आपसी विश्वासको रुपमा काम गर्न तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक शक्तिहरु कै ठाउमा आउदा देश अगाडी बढेको उल्लेख गर्दै सबै दलहरु मिलेर नै अगाडी बढ्नुपर्ने बताए । प्रचण्डले देश संकटमा रहेकोले राजनीतिक शक्तिहरु एक हुनुपर्ने बताउदै विश्वासपूर्ण सहकार्य अनिवार्य रहेको बताए ।

राष्ट्रिय सहमतिको विकल्प आफुले नदेखेको बताउदै प्रचण्डले देशमा तिब्र आर्थिक वृद्धिका लागि पुरै देश एक हुनुपर्ने बताए । प्रचण्डले आफु यसअघि दुई पटक प्रधानमन्त्री भएको बेला पहिलो कार्यकाल सिक्दा सिक्दै र पार्टी भित्रको राजनीतिक अलमलमा परेर बाहिरिनु परेको बताए । त्यस्तै उनले दोस्रो छोटो कार्यकालमा राम्रो काम गरेको उल्लेख गरे ।

प्रचण्डले आफु यस पटक फरक स्वीकारोक्तिका साथ संसदमा उपस्थित रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनताको ठुला दलहरु प्रति अविश्वास रहेको स्वीकार गर्दै काम गर्न चाहेको बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा प्राथमिकतामा राखेका कामको बारेमा संसदलाई जानकारी गराएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अपडेट : पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो, खुल्यो परिचय

काठमाडौं । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । मंगलबार बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

प्रतिकृया दिनुहॊस