पृथ्वी जयन्तीमा बिदा दिँदैमा राजतन्त्र फर्किँदैन

काठमाडौँ । नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिँदैमा राजतन्त्र नफर्किने टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले पुस २७ गते राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको तथा राप्रपाले माग गरेको सन्दर्भमा उक्त दिन बिदा दिँदा तात्विक फरक नपर्ने समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘पृथ्वी जयन्ती पुस २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फरबरी १४ (भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ । उनी त नेपाल एकीकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिँदैमा राजतन्त्र फर्कने होइन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप