सरकारमा जान जसपाले राख्यो यी तीन सर्त

काठमाडौँ । सरकारलाई समर्थन गरेको जसपाले भने सरकारमा सहभागी हुन सर्त अघि सारेको छ । जसपा राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुन तीनवटा सर्त अघि सारेको हो ।

संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई अस्वीकार गर्ने शक्तिहरू सरकारमा सहभागी भएकाले यी विषयमा अनुकूल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा आए सरकारमा सहभागी हुने जसपाको पहिलो सर्त छ । दोस्रो सर्तमा जसपाले पार्टीले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति हुनुपर्ने अवस्था देखिए सरकारमा सहभागी हुने जनाएको छ ।

सम्मानजनक शक्ति बाँडफाँट भए मात्रै सरकारमा सहभागी हुने जसपाले तेस्रो सर्त राखेको छ । ती माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने जसपाले निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

सरकारलाई समर्थन गरेका सात दलमध्ये चार दल सरकारमा सहभागी भएका छन् भने राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छैनन् । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ भने जसपा र राप्रपाले सरकारमा सहभागी हुन सर्तहरू राखिरहेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री