भारतीय मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु

काठमाडाैँ । सर्लाहीको पर्सा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गए राति सवा ८ बजे पर्सा–२ को भित्री सडकखण्डमा बीआर ०१ बी ५९१७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो ।

सडकमा पैदल हिँडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारको लागि स्थानीय मेडिकल नारायणपुर लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप