काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको दशौं वार्षिक साधारण सम्पन्न भएको छ । बुधबार राजधानीमा काठमाडौंमा उक्त कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले करसहित ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै आव २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
तपाईंको प्रतिकृया




