कुलमानले गरे गरिमा अटो कन्सर्नको उद्घाटन
काठमाडाैं । आइएमई इलेक्ट्रिक प्रा.लिले महाराजगञ्जमा राफ्ट इलेक्ट्रिक स्कुटरको डिलरको रुपमा गरिमा अटो कन्सर्न संचालनमा ल्याएको छ। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वुधबार संयुक्त रुपमा डिलरको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका बताए। उनले भने ‘नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ । विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ । आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवद्र्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छु ।’
कार्यक्रममा चन्द्रप्रसाद ढकालले आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको र नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहेको बताए। उनले भने ‘राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो; र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौं । उहाँले भन्नुभयो, “हामीले उत्पादन बिक्री मात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं” ।’
कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलमा ८०० किलोमिटर चल्छ । त्यसैले, पेट्रोल स्कुटरको तुलनामा, ग्राहकले एपबाट रु. २,५०,०००÷ (दुई लाख पचास हजार) ३ वर्ष भित्र र त्यसैले स्कुटरको लगभग पूरा लागत फिर्ता हुनेछ ।
फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन् ।
कम्पनीका अनुसार राफ्ट मोटर्सको उत्पादनमा एकै पटक चार्जमा ३२० किलोमिटरसम्मको दायरासहित ६ मोडलभन्दा बढी इलेक्ट्रिक स्कुटरहरू छन्।



