सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकले पाए मर्जरमा जान स्वीकृति

काठमाडाैं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा जान स्वीकृति पाएका छन् । सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुवै बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुवै बैंकको एकीकृत कारोबार यही महिनामा गर्ने गरि मर्जर प्रक्रिया अघि बढेको छ । अब कम्पनी रजिस्टारको कार्यालयबाट स्वीकृति लिनुपर्ने छ ।

मर्जर पछि चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ। बैंकको सीईओ अशोक शेरचन हुने छन् । त्यस्तै डेपुटी सीईओमा मनोज न्यौपाने रहने सहमति छ ।

मर्जपछि बन्ने सञ्चालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने मर्जर सम्झौतामा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री