काठमाडाैँ । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरजकुमार गुरुङको आगलागीमा परेर मृत्यु भएको छ । पालिका अध्यक्ष देविजंग गुरुङका अनुसार गएराति घरमा आगलागी भएको र सोही आगोका कारण उनको मृत्यु भएको हो ।
करिब १० बजेको समयमा घरमा आगलागी हुँदा जलेर मृत्यु भएको उनले बताए । उनको मृत्युको घटनामा प्रदेश सांसद वेदबहादुर गुरुङले मध्यराती सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै पूर्व वडाध्यक्ष गुरुङको निधन भएको जानकारी दिएका दिए ।
सुरज २०७४ को निर्वाचनबाट मादी १ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । घटनाबारे अनुसन्धान सुरु भएको छ ।
तपाईंको प्रतिकृया




