फेब्रुअरीमा विवाह गर्दै सिद्धार्थ र कियारा

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् ।

ईटाइम्समा नयाँ रिपोर्ट अनुसार सिद्धार्थ र कियारा फेब्रुअरी ६ मा विवाह गर्नेछन्, जबकि विवाह पूर्वका समारोह फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ। विवाहमा उनीहरुका नजिकका आफन्त र परिवारका सदस्यहरू सहभागी हुनेछन् ।

यो जोडीको विवाह समारोह राजस्थानको जैसलमेर प्यालेस होटलमा हुनेछ । यद्यपि यी जोडीको विवाहको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन । उनीहरुले प्रेम सम्बन्धलाई लामो समयसम्म गुपचुप राखेका छन्।

त्यसो त केही महिनाअघि सिद्धार्थ र कियाराको ब्रेकअपको खबर बाहिरिएको थियो। अब उनीहरूले विवाह गर्ने निर्णय लिएका छन्।

सन् २०१८ मा पहिलोपटक यी दुईबीच ‘लस्ट स्टोरिज’ फिल्मको पार्टीमा पहिलोपटक भेट भएको थियो । फिल्म ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेस्ट्री जीवन्त प्रतिविम्बित भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री