काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसको निचोड सार्वजनिक गर्न उनले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ । तत्कालीन नेकपा ९माओवादी०मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।
उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट ३ बाट निर्वाचित भएका थिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट९३ बाटै जितेर चुनावी खेलमा उनले ‘ह्याट्रिक’ गरे । २०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साहले २०७३ मा शहरी विकास मन्त्रालयको नेतृत्व पाएका थिए ।



