जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।

उनी निर्विरोध दलको नेतामा चयन भएका हुन् । यसअघि अशोक राईले पनि नेतामा दाबी गरेका थिए । तर, राई पछिहटेपछि यादव निर्विरोध चयन भएका हुन् ।

यादव बारा २ बा निर्वाचित सांसद हुन् । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । जसपाले पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागी हुनेबारे निर्णय गर्न भने बाँकी छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप