काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा सहमती जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत कांग्रेस सभापतिसमेत रहेका देउवाको प्रस्ताव परिपक्व रहेको बताएका हुन् ।
दुई–दुई वर्ष कांग्रेस र माओवादी अनि एक वर्ष नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने प्रस्तावमा परिपक्वता रहेकोले यसको इमान्दार कार्यान्वयनका लागि उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘२-२-१ मा परिपक्वता छ । तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ ।’
`एक्लो बहुमत´ हामी कसैसँग छैन l गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ l त्यसैले लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गरौं !
२/२/१ मा परिपक्वता छ l तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ l pic.twitter.com/wEDfQ2bAa4
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 25, 2022




