नेपाल टी-२० का विजेतालाई ५५ लाख पुरस्कार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलि (शनिबार) देखि शुरु हुने नेपाल टी २० लिगको विजेताले ५५ लाख रूपैयाँ प्राप्त गर्ने भएको छ । प्रतियोगिताको तयारीबारे जानकारी गराउन शुक्रबार आयोजित प्रत्रकार सम्मेलनमा पुरस्कार राशी सार्वजनिक भएको हो ।

यस्तै, उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३०, १० र पाँच लाख रूपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच लाख र इमर्जिङ प्लेयरले एक लाख ८० हजार रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्ने आयोजकले बताएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पछिल्ला केही दिनहरूमा धेरै अन्योलका बीच भोलिदेखि शुरु हुने बताएका छन् । ‘पछिल्ला समय धेरै अन्योल भए, नेपाल टी २० लिग स्थगित–रद्द, हुने–नहुने अन्योलका बीच पनि हामीले शुरु गनेर्छौं,’ उनले भने । यसअघि आज (शुक्रबार) देखि हुने तय भए पनि प्राविधिक कारण देखाउँदै क्यानले एक दिन पछाडि सारेको थियो। बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता पछाडि सरेको र नयाँ निर्देशक चयन भएको बताएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले गर्‍यो अमेरिकाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस