राजीनामा दिँदै बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज पदबाट राजीनामा दिने भएको छन् । धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले बिहीबार सदस्य पदको शपथ लिएपछि आज राजीनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै उनको आलोचना भएको थियो । हेटौँडा पुगेर पाण्डेले राजीनामा दिनेछन् । मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिनेबारेमा बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा समेत जानकारी गराइएको जनाइएको छ ।

नेपालको संविधानमा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा दिने व्यवस्था गरेको छ । साथै मुख्यमन्त्रीको राजीनामापछि पद रिक्त भए पनि अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेसमेत संविधानमा व्यवस्था रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री