किड्स एक्स्पो आयोजना गर्दै आईएमएस ग्रुप

काठमाडौँ । आगामी शनिबार काठमाडौंको नक्सालस्थित राई स्कुलमा किड्स एक्स्पो हुने भएको छ । एक्स्पोलाई आईएमएस ग्रुपले टाइटल स्पोन्सर गरेको छ भने अनलाइन पार्टनरको रुपमा स्मार्टडोको छ ।

डा. ब्राऊन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रिमबेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सीजी फुड्स, मामाअर्थ, बेबी ट्री,चोकोफन, कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेसन, कृष्णा पाउरोटी भण्डार लगायत ब्राण्डका स्टल प्रदर्शनीमा रहने आईएमएस ग्रुपले जनाएको छ ।

अभिभावक र बच्चाहरुले विभिन्न स्टलहरुबाट सामान किनमेल गर्न, स्वादिष्ट खानाहरु खान, विभिन्न खेलमा रमाउन सक्नेछन् । लक्की ड्रमा सहभागी भई बालबालिकालाई पुरस्कार जित्ने मौका समेत रहेको छ । भिजिटरहरूले २५० रुपैयाँमा टिकट खरिद गर्नुपर्नेछ, १३ वर्षमुनिका बालबालिकाका लागि भने प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ईसेवा अनलाइन, आईएमएस लिटिल स्माइल्स सोरुमहरु (दरबारमार्ग र सिटी सेन्टर), राई स्कूल (नक्साल), किड्जको (आइप्लेक्स मल बानेश्वर) र गुडफेलास (बसन्तपुर)बाट पनि टिकट खरिद गर्न सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप