हिमालयन बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडाैँ ।हिमालयन बैंकले  आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाबट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत जगद गरी कुल २६ प्रतिशत लाभांश वितरण गरेको थियो।

गत वर्षको तुलनामा यस बैंकले लाभांश दर घटाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री