काठमाडौं । नेपाल एसबीआई बैंक र आइएमर्ईबीच ग्राहकलाई लक्षित गरी आइएमर्ईका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत् पठाएको रेमिट्यान्स नेपाल एसबीआई बैंकमार्फत् भुक्तानी सम्झौता भएको छ ।
सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै आइएमर्ई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइएमर्ईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया



