कति छ आज तरकारी तथा फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ ।

अदुवा ५६ रूपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, एभोकाडो २७५ रूपैयाँ, नेपाली सुन्तला ११६ रुपैया, रातो आलु ५१ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, कागती १०५ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २९० रुपैंयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेंडा २८ रुपैयाँ ८० पैसा, राजमा घिउ सिमी १०५ रुपैयाँ, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चम्सुरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, लोकल परवल ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ २५ पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप