काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं जिल्ला निर्वाचन क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमले आफ्नो निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पेश गरेका छन्। काठमाडौं क्षेत्र नं १, निर्वाचन परिचालन समितीका संयोजक सुरज गिरीले जारी गरेकाे प्रेस विज्ञप्तिमा बमले मंगलबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पुगेर उम्मेदवारी घोषणा गरिएको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्मको खर्च विवरण बुझाएको उल्लेख गरिएको छ। बमले निर्वाचनमा जम्मा ९ लाख ५१ हजार आठ सय छ रुपैयाँ पच्पन्न पैसा खर्च गरेको विज्ञप्तिमा उल्लेख छ। ६ लाख ३५ हजार पाँच सय पाँच रुपैयाँ बाहिरबाट सहयोग आएको संयोजक गिरीले जानकारी दिए ।
तपाईंको प्रतिकृया




