काठमाडाै । धाँधली गरेर नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मा जिताइएको दाबीसहित सर्वोच्चमा मुद्दा दायर भएको छ। एमालेका पौडेल २७ हजार १ सय ६५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यहाँ निकटतम प्रतिद्वन्द्वी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ९५ मत ल्याएका थिए। मत गणना स्थलमा आफूलाई जानसमेत नदिई धाँधली गरेर पौडेललाई जिताइएको दाबी सहित गणेशले सर्वोच्चमा मुद्दा दिएका छन्।
त्यस्तै धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका थिए। यादवले २० हजार १ सय १२ मत ल्याएका थिए। यहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए।
यो क्षेत्रमा पनि धाँधली गरेर कांग्रेसका यादवलाई जिताएको दाबीसहित एमालेका अरगरियाले सर्वोच्चमा मुद्दा दिएका छन्। यी दुवै रिट मंगलबार सर्वोच्चमा दर्ता भएका थिए।




