जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, अदालत जाने तयारी

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ।

संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन्। यससँगै जबराको निलम्बन हटेको छ।

महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै जबरा आजै अदालतमा हाजिर हुने भएका छन्।

उनले आगामी २७ गते अवकाश पाउँदैछन्। त्यतिबेलासम्म उनी अदालतमा प्रधानन्यायाधीश भएर काम गर्नेछन्।

जबराविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले …

प्रतिकृया दिनुहॊस