एनएलजी इन्स्योरेन्स साढे १० प्रतिशत लाभांश दिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतशत लाभांश दिने भएको छ ।

कम्पनीको गत शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको चुक्तापुँजी एक अर्ब ३२ करोड ६६ लाख १४ हजार रुपैयाँ छ ।

उक्त लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वर्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री