माया लुहारका हत्या आरोपी कोलीलाई पक्राउ गरी बैतडी पठाइयो

काठमाडौँ । माया लुहारका हत्या आरोपीलाई बैतडी पठाइएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई पक्राउ गरी बैतडी पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको उनलाई बैतडी प्रहरीलाई बुझाउन पठाएको हो । कञ्चनपुर प्रहरीले आज बिहान महेन्द्रनगरको बसपार्कबाट कोलीलाई पक्राउ गरेको थियो।

पोखरास्थित सशस्त्र प्रहरीमा कार्यरत कोली महेन्द्रनगरको बसपार्कमा हिडिरहेको अवस्थामा पक्राउ परेका थिए । बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका कोलीमाथि गत १३ गते मायाको हत्या र उनकी भदै नेहालाई घाइते बनाएर फरार भएको आरोप छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री