अमेरिकामा नेपालीमाथि गोली प्रहार, १ को मृत्यु, १ घाइते

एजेन्सी। अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको वतार्इएकाे छ । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्यरत गिरीमाथि त्यही कार्यरत स्नोयिआ मोस्लेले गोली प्रहार गरेकाे स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसैक्रममा गोली लागेर ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । सोही घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको छ ।

आफ्ना श्रीमान् काशीराम गिरी तथा दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दा तीन महीना अघिदेखि त्यहाँ काम गर्न थालेको पारिवारले वताएकाे छ । पर्वत जिल्लामा जन्मिएकी वृन्दाको आमा, दुई दाजुभाइ सरोजकृष्ण र सुमन मेरिल्याण्डमा लामो समयदेखि बस्दै आइरहेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री