स्याङ्जा-२ मा धनराज गुरुङ १४३५ मतले अगाडी

काठमाडाैं । स्याङ्जा-२ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार गुरुङले १३ हजार २४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी पद्मा कुमारी अर्यालले ११ हजार ८०५ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्मको गणनामा गुरुङ अर्यालभन्दा १४३५ मतले अगाडी रहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८७६ मत प्राप्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस